२०८३, आषाढ १७ गते

Jul 01 2026 | २०८३, आषाढ १७ गते

रुपन्देही उद्योग संघमा राइस तथा आयल मिल वस्तुगत समिति गठन

शनिवार , फाल्गुण २, २०८२

  • 871
    Shares
  • 871
    Shares
  • बुटवल, २ फागुन । रुपन्देही उद्योग संघमा आवद्ध राइस तथा आयल मिल उद्योगीहरुको भेलाले शुक्रबार राइस तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । संघमा आबद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम राइस तथा आयल मिल वस्तुगत समिति गठन गरिएको हो । 

    भेलालाई सम्बोधन गर्नुहुदै संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिबहादुर खत्रीले वर्तमान  समयमा राइस मिल तथा आयल मिल उद्योगीहरूको समस्याहरू बुझ्ने तथा माथिल्लो निकायको ध्यानाकर्षणका गराउनका लागि सबै उद्योगीहरूको एकरूपता र सहजीकरणको आवश्यकता रहेको  बताउनुभयो । उहाँले जस्तोसुकै परिस्थिति आए पनि उद्योगीहरू आफ्ना उद्योगमा आएका कुरा उठाउन पछि पर्न नहुने बताउनुभयो ।

    भेलाले श्रीकृष्ण राइस मिलका प्रेमलाल पाण्डेको संयोजकत्वमा ७. सदस्यीय राइस तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । समितिको सह–संयोजकमा जयसवाल राइस मिलका अशोक जयसवाल कलवार, सचिवमा मनिषा राइस मिलका जङ्गबहादुर मल्लाह, सदस्यहरुमा सुपर प्रथम गोल्डी राइस तथा आयल मिलका कृष्ण गोपाल उमर, बुढाथोकी राइस मिलका नीलप्रसाद बुढाथोकी, भण्डारी राइस  मिलका भोजराज भण्डारी, शिवशक्ति राइस मिलका गोविन्द पन्थ रहनुभएको छ । 

    भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कोषाध्यक्ष विशाल बेलवासे, सुरेन्द्र राइस मिलका सुरेन्द्र चौधरी, सिद्धार्थ राइस मिलका चन्द्रमान श्रेष्ठ, न्यू गह्रौं कालिका आयल मिलका रमेशचन्द्र रेग्मी, शिव राईस एण्ड आयल मिलका गङ्गाधर भुसाललाई चयन गरेको छ । 

    भेलामा नवनिर्वाचित संयोजक प्रेमलाल पाण्डेले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । त्यस्तै वरिष्ठ उद्योगी चन्द्रमान श्रेष्ठले शुभकामना मन्तव्य राख्दै राइस तथा आयल मिल उद्योगीहरूको समस्या तथा वर्तमान परिवेशको बारेमा ध्यानाकर्षण गराउनुभयो । 

    कोषाध्यक्ष विशाल बेलबासेले धन्यवाद ज्ञापन तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न भेलामा संघका द्वितीय उपाध्यक्ष युवराज आचार्य, संघका सल्लाहकार माधव प्रसाद नेपाल,कार्यसमिति सदस्य ई.किरण खरेल, अखिलेश कसौधन, दिलु शाही, सतिश सापकोटा एवं विभिन्न राइस तथा आयल मिल उद्योगीहरुको उपस्थिति थियो ।