२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

पामिरमा पुरस्कार वितरण तथा अभिभावक दिवस

मंगलवार , फाल्गुण ५, २०८२

  • 139
    Shares
  • 139
    Shares
  • तिलोत्तमा, ५ फागुन । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा नगरपालिका–२, रुपन्देहीमा पुरस्कार वितरण तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने अभिभावकहरूको सहभागीता थियो ।

    कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले विद्यालयले गुणस्तरीय शिक्षा र अनुशासनमार्फत उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले सामुदायिक सहकार्य र अभिभावकको सक्रिय सहभागीताले मात्रै शिक्षाको स्तर उकास्न सकिने धारणा राख्दै नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीको समग्र विकासका लागि शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा र सीपमूलक गतिविधिमा जोड दिइएको बताउनुभयो । उहाँले विद्यालयलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्याब्सनका केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र रानाले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिष्पर्धात्मक युगमा दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

    तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले वडाबाट विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै शिक्षाको विकास नै समृद्धिको आधार भएको धारणा राख्नुभयो ।
    विद्यालयका प्राचार्य गोपाल गौतमले विद्यालयले शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षाका लागि नवीन कार्यक्रम ल्याइने बताउनुभयो ।

    कार्यक्रममा विद्यार्थीहरूले आकर्षक गीत, नृत्य तथा विविध साँस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सहजीकरण शिक्षकद्वय केशव खनाल र अर्जुन पन्तले गर्नुभएको थियो ।