२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

नयाँ व्यवस्थापनका साथ होटल ब्लयाक एण्ड व्हाईट सञ्चालनमा

शनिवार , फाल्गुण ९, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • भैरहवा, ९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित मैत्रीपथ (भैरहवा) मा नयाँ व्यवस्थापनका साथ होटल ब्लयाक एण्ड व्हाईट बार एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । यसअघि होटल पवन इन्टरनेशनलको नाममा सञ्चालनमा रहेको यो होटल अब भने होटल ब्लयाक एण्ड व्हाईट बार एण्ड रेष्टुरेण्टको रुपमा सञ्चालनमा आएको हो । 

    केही समय बन्द रहेको होटल पुनः नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सञ्चालक टेक बहादुर घर्ती मगरले बताउनुभयो । उहाँले विगत २ महिनादेखि होटल सञ्चालनमा आएको जानकारी दिनुभयो । २०८३ वैशाखदेखि होटलको औपचारिक उद्घाटन (ग्राण्ड ओपनिङ्ग) हुने उहाँको भनाइ छ ।

    सञ्चालक घर्ती मगरका अनुसार होटलमा २४ वटा सुविधासम्पन्न स्तरीय कोठाहरु छन् । त्यस्तै यहाँ छुट्टै बार, मल्टी कुजीन रेष्टुरेण्टको सुविधा छ । भेज रेष्टुरेण्टको सञ्चालनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । ‘२ सय जना अट्ने सेमिनार हल हामीसँग छ, उहाँले भन्न्ुभयो–‘पारिवारिक वातावरणमा आरामदायी सुविधा छ ।’

    विशेष गरी कर्पोरेट ग्राहक र पर्यटकलाई लक्षित गरी नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

    WhatsApp Image 2026-02-21 at 8.05.39 AM.jpeg

    होटल ब्लयाक एण्ड ह्वाइट भैरहवाको बसपार्क र पोखराको लेकसाईडमा पनि सञ्चालनमा छ ।