सोमवार , फाल्गुण ११, २०८२
भैरहवा ११ फागुन । एभरेट बैंक लिमिटेड ग्राहकलाई रुपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले आफ्ना विभिन्न सेवासुविधामा छुट प्रदान गर्ने भएको छ ।
बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, कार्डबाहक ग्राहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले विभिन्न सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।
एक वर्षसम्मको अवधिका लागि गरिएको सम्झौता अनुसार दशैं र तिहारबाहेक अन्य समयमा बैंकका ग्राहक र कर्मचारीलाई रेष्टुरेण्ट खाना, स्पा, बार फूड लगायतमा १५ प्रतिशत छुट प्रदान गरिनेछ ।
सम्झौता–पत्रमा एशियन बुद्ध होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदी, एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक जोशन जोशीले हस्ताक्षर गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij