२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

ओबिटी नेपालका कर्मचारीलाई एशियन बुद्ध होटलमा छुट

बुधवार , फाल्गुण १३, २०८२

  • 139
    Shares
  • 139
    Shares
  • भैरहवा ११ फागुन । ओबिटी नेपाल प्रा.लि.का कर्मचारीलाई रुपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले आफ्ना विभिन्न सेवासुविधामा छुट प्रदान गर्ने भएको छ। 

    ओबिटी नेपाल र होटलबीच भएको सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीलाई होटलले खानासहित विभिन्न सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ । एक वर्षसम्मको अवधिका लागि गरिएको सम्झौता गरिएको र सम्झौतामा दशैं र तिहारबाहेक अन्य समयमा १५ प्रतिशत छुट प्रदान गरिने उल्लेख रहेको एसियन बुद्ध होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताउनुभयो।