बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । भारतसँग सीमा जोडिएका रुपन्देही जिल्ला सम्पूर्ण सीमा नाकाहरु २०८२ फागुन १८ गते सोमबार राती १२ बजेदेखि फागुन २१ गते बिहीबार राती १२ बजेसम्म बन्द हुने भएको छ ।
त्यस्तै फागुन २० गते बुधबार राती १२ बजेदेखि २१ गते बिहीबार मतदान कार्यसम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्यांकर, दमकल, दुरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालनमा निषेध गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागि भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाकाहरु बन्द रहने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।...
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij