बुधवार , कार्तिक ११, २०८३
भैरहवा, ११ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयले मंगलबार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित मिडपोइन्ट होटलमा सीप्रदी ट्रेडिङका चालक तथा कर्मचारीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ६० जना चालक तथा कर्मचारी उपस्थिति रहेको कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij