मंगलवार , फाल्गुण १९, २०८२
भैरहवा, १९ फागुन । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । एम.डी.जी.पी. डा. मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा फिजिसियन डा. विनोद खनाल, सूचना अधिकारी डा. आरिफ हुसेन, मेडिकल अधिकृत डा. रवि शुक्ला, फार्मेसी अभिकृत नारायण सिंह कोईरी, ल्याब टेक्निसीयन भेष नारायण चौधरी, प्रशासन अधिकृत ईश्वरी ज्ञवाली, अनमी निरीक्षक बन्दना पंगेनी र सदस्य सचिवमा इमरजेन्सी इञ्चार्ज जनक राज पन्त रहनुभएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को समयमा हुन सक्ने आपतकालीन स्वास्थ्य चुनौतिहरुलाई मध्यनजर गर्दै सो सम्बन्धमा आवश्यक योजना निर्माण, तयारी, समन्वय तथा प्रतिकार्यका लागि ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको भीम अस्पताल प्रमुख डा. वर्षा थापाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij