२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

रुपन्देही–३ को मतगणना भैरहवा नमुना माविमा

मंगलवार , फाल्गुण १९, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • भैरहवा, १९ फागुन । फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ रुपन्देहीको मतगणना गरिने स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा मतगणना गरिने जनाएको छ ।

    २०७९ सालमा पनि रुपन्देही–३ को मतगणना यही स्थानमा भएको थियो ।

    सबै मतदान केन्द्रमा मतदान भइ मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर ३ मा ७१ हजार २ सय ५८ पुरुष, ६८ हजार ७ सय ७५ महिला र २ अन्य गरी १ लाख ४० हजार ३५ जना मतदाता छन् ।