२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

चुनावपछिको पहिलो दिन नै शेयर बजारमा लाग्यो दोस्रो सर्किट

सोमवार , फाल्गुण २५, २०८२

  • 76
    Shares
  • 76
    Shares
  • काठमाडौं, २५ फागुन । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

    सोमवार शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द भएको छ । यसअघि बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो ।

    पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ ।

    हाल नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ भने बजार १३५ अंकले बढेको छ । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यदी बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुने छ । 

    प्रतिनिधि सभा सदस्यको निर्वाचनले स्थिर सरकार निर्माण हुनेगरी म्याण्डेड दिएपछि लगानीकर्तामा उत्साह बढेको हो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिव दुई तिहाई सिट हासिल गर्ने भएको छ ।