२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

सम्पूर्ण हिसाबले पार्टीलाई ‘रिफर्म’ गरौं : एमाले नेता पोखरेल

मंगलवार , फाल्गुण २६, २०८२

  • 415
    Shares
  • 415
    Shares
  • भैरहवा, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले सम्पूर्ण हिसावले पार्टीलाई रिफर्म गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले निर्मम समीक्षा गर्न समेत पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

    ‘समस्या घरभित्रै छ त्यो पनि टाउकोमै छ । तर, बाह्य कारण देखाएर दुनियाँलाई उल्लू बनाउँदै नाईटोमा दबाइ दल्ने र भ्रम सृजना गरेर बेवकुफ बनाउने कोशिस कसैले नगरौं ! हामी ब्ल्याक होलमा फसेका अभिमन्यु बनेका छौं यतिखेर, ’उहाँले भन्नुभयो ।

    ‘आफ्नो भागमा परेको कमजोरीको दण्ड भोग्न तयार रहेको पोखरेलको भनाइ छ । काला पहाडको श्रम शिविर पठाउने हो कि साइबेरिया ? यहाँहरुको मर्जी !! तर, अब यसरी हुँदैन, एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन–हुँदै हुँदैन, ’उहाँले भन्नुभयो ।

    हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामले पुराना राजनीतिक दलका नेता–कार्यकर्ताले नै नेतृत्वमाथि प्रश्न उठाउन थालेका छन् ।