२०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

ओम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा शर्मा

बुधवार , आश्विन २८, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • बुटवल, २८ असोज ।  रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ मा रहेको ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा शरदकुमार शर्मा निर्वाचित हुनुभएको छ ।

    संस्थाको सोमबार बुटवलमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

    नवनिर्वाचित समितिको उपाध्यक्षमा ईश्वरप्रसाद रिजाल, सचिवमा इन्जिनियर कृष्णबहादुर कार्की र कोषाध्यक्षमा अंकित क्षेत्री चयन हुनुभएको छ । त्यसै गरी सदस्यमा वासुदेव भुसाल, डा. ज्योति राणा, शोभाकुमारी जोशी र सीता भट्टराई निर्वाचित हुनुभएको छ ।

    अधिवेशनले लेखा सुपरिवेक्षण समितिको संयोजकमा चिरन अर्याल तथा सदस्यमा भक्तिराम पौडेल र देवबहादुर थापालाई चयन गरेको छ ।

    संस्थाका अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षता तथा सल्लाहकार एवं ज्येष्ठ सदस्य टंकप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाको चारवर्षे कार्यकालका गतिविधि, उपलब्धी र आगामी कार्यदिशाबारे छलफल भएको थियो । सहभागीले सहकारीको संस्थागत सुदृढीकरण, पारदर्शिता, सुशासन र सदस्यको हित संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

    निवर्तमान अध्यक्ष ढकालले आफ्नो कार्यकालमा संस्थाको विकास र सुदृढीकरणका लागि भएका प्रयासबारे जानकारी गराउँदै नेतृत्वमा नयाँ व्यक्तिलाई अवसर दिनु आवश्यक रहेको बताउनुभयो । सहकारी सामूहिक भावना, आपसी विश्वास र सदस्यको सक्रिय सहभागीताबाट सफल हुने उल्लेख गर्दै उहाँले नवनिर्वाचित नेतृत्वले संस्थालाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो र

    उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सञ्चालक समिति, सल्लाहकार, कर्मचारी तथा शेयर सदस्यप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

    कार्यक्रममा संस्थाका सल्लाहकार युवराज राणा, नेधिराम ज्ञवाली, दीनानाथ भट्टराई, रमेशबहादुर थापा, संस्थापक अध्यक्ष डा. विष्णुप्रसाद घिमिरेलगायत शेयर सदस्यको उपस्थिति रहेको संस्थाका सचिव लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

    नयाँ सञ्चालक समितिले सदस्यको आर्थिक तथा सामाजिक हित प्रवद्र्धन, संस्थागत सुशासन र पारदर्शीता कायम गर्दै सहकारीका गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।