२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

मालपोत कार्यालय रुपन्देहीमा राजस्व संकलनमा कमी

आइतवार , चैत्र ८, २०८२

  • 367
    Shares
  • 367
    Shares
  • भैरहवा, ८ चैत । मालपोत कार्यालय भैरहवा, रूपन्देहीको तथ्यांक अनुसार राजस्व संकलनमा कमी आएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब २३ करोड ४४ लाख ८५ हजार ३६ राजस्व संकलन भएको थियो । त्यस्तै आ.व. २०८१/०८२ को फागुन मसान्तसम्म ८० करोड ९७ लाख ६४ हजार ९ सय ४० राजस्व संकलन भएको थियो ।

    चालु आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिमा ७३ करोड ३९ लाख ३९ हजार ४ सय ६८ मात्र राजस्व संकलन भएको कार्यालयको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

    तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्मको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ७ करोड ५८ लाख २५ हजार ४ सय ७२ रुपैयाँले कम हो ।

    जिल्ला मालपोत कार्यालय रुपन्देहीको लेखा अधिकृत सुजता पोखरेलका अनुसार कार्यालयले जग्गा खरीद–विक्री, नामसारी, लिखत दर्ता लगायतका सेवामार्फत राजस्व संकलन गर्दै आएको छ । आर्थिक गतिविधिको समग्र अवस्था, घरजग्गा कारोबारको चलायमानता तथा बजारको उतार–चढावले राजस्व संकलनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको पोखरेलले उल्लेख गर्नुभयो ।

    चालु आर्थिक वर्षको बाँकी अवधिमा आर्थिक गतिविधि थप सक्रिय हुने अपेक्षासहित राजस्व संकलनमा सुधार आउने कार्यालयको विश्वास छ ।