२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी

मंगलवार , चैत्र १०, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • काठमाडौं, १० चैत । मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ८० रुपैयाँले बढेको छ।