२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

बिहिवार , चैत्र १२, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, १२ चैत । गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् ।

    बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो । ४७  जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।