२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ

शुक्रवार , चैत्र १३, २०८२

  • 367
    Shares
  • 367
    Shares
  • काठमाडौं, १३ चैत । रास्वपा सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।

    २१ फागुनको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् । २४ हजार ५९२ मत ल्याएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विधायकको रुपमा कानुन निर्माणमा भूमिका खेलेको र छोटो समय युवा तथा खेलकुद मन्त्री बनेर काम गरेको अनुभव श्रेष्ठसँग छ ।अब भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।

    त्यस्तै रास्वपा स्रोतका अनुसार अर्थमन्त्री उपसभापति डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम,  भौतिक पूर्वाधारमा सुनिल लम्साल, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग तथा वाणिज्यमा अमरेश सिंह, सञ्‍चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, मन्त्री बन्ने सूचीमा छन्। 

     उद्योगमा अमरेश कुमार सिंह, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल निश्चित भएका छन् । बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो ।