२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण

शुक्रवार , चैत्र १३, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • काठमाडौं, १३ चैत । प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता साहले वैदिक विधिअनुसार शपथ लिनुभएको हो । त्यस अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।