आइतवार , चैत्र १५, २०८२
काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ ।
खड्कालाई आइतबार बिहान महाराजगञ्जस्थित अपटमेन्टबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो ।
भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् ।
जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij