२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मंगलवार , चैत्र १७, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares

  • काठमाडौं, १७ चैत । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

    अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले रिजाललाई पक्राउ गरिएको पुष्टि गरे।

     अब जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ। मन्त्रिपरिषद्को निर्णयपश्चात गृह मन्त्रालयको निर्देशनमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक शनिबार नै पक्राउ परिसकेका छन्।

     उनीहरुमाथि अदालतले ५ दिन अनुसन्धानका लागि म्याद दिएको छ। बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।