२०८२, चैत्र १८ गते

Apr 01 2026 | २०८२, चैत्र १८ गते

‘हामी काम गरेर देखाउँछौँ’ : गृहमन्त्री सुदन गुरुङ

बुधवार , चैत्र १८, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • काठमाडौं, १८ चैत । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । 

    बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिनुभएको हो ।

    साथै उहाले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो । निरिक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरवाट भइरहेको कामकारवाही सेवा प्रवाह र अपराध अनुसन्धानका बिषयमा जानकारी लिनुभएको परिसर प्रमुख एसएसपी थापाले बताउनुभयो । 

    त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिनुभयो ।