बुधवार , चैत्र २५, २०८२
काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उपचारका क्रममा विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा।आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बताइएको छ ।
स्रोतका अनुसार पछिल्लो समय विभिन्न आर्थिक कारोबार र सम्पत्तिको स्रोतबारे विभागले अनुसन्धान अगाडि बढाएको थियो ।सोही अनुसन्धानको क्रममा आवश्यक प्रमाण संकलन तथा सोधपुछका लागि अदालतबाट पक्राउ पुर्जी जारी गरिएको दाबी गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij