images

शनिवार, बैशाख २२ गते २०८१

नेकपा पार्टीभित्रको होडबाजी र सरकार सञ्चालन

नेकपा पार्टीभित्रको होडबाजी र सरकार सञ्चालन

images
images
images
मंगलवार, भाद्र २ २०७७
मंगलवार, भाद्र २ २०७७
  • नेकपा पार्टीभित्रको होडबाजी र सरकार सञ्चालन

    नेपाल कम्यूनिष्ट पार्टी २००६ सालमा स्थापना भएर अहिले दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्यूनिष्ट पार्टीको रुपमा नेपालको सत्ता दुईतिहाई बहुमतका साथ सञ्चालन गरिरहेको छ । पुष्पलाल श्रेष्ठ लगायतका व्यक्तिहरु मिलेर कम्यूनिष्ट सिद्धान्तलाई प्रयोग गरी नेपाललाई सम्वृद्धितर्फ उन्मुख गराउन निरन्तर लाग्ने प्रणका साथ अगाडि बढेको यो पार्टी अहिले ठूलो विचलनमा रहेको जस्तो देखिन्छ । कम्यूनिष्टको सामान्य मान्यता वा आदर्श भनेको साम्यवाद, माक्र्सवाद, लेलिनवाद र माओवाद सिद्धान्त हो जस्तो लाग्छ । व्यक्तिवादी सिद्धान्तको प्रतिपाद नभए पनि साम्यवाद व्यवस्थामा समतावाद र वर्गहिन समाजको परिकल्पना गरिएको छ । राष्ट्रको हरेक उत्पादित वस्तु र सम्पत्तिमा सबैको बराबर हक हुन्छ । व्यक्तिगत सम्पत्ति रहदैन सबै राष्ट्रको नै रहन्छ तर भोगचलन गर्ने अवसर सबैलाई बराबर प्रदान गरिन्छ । यस्ता सिद्धान्तबाट प्रेरित नेपाल कम्यूनिष्ट पार्टी समय अनुसार आफुलाई परिवर्तन गर्दै लैजानुपर्ने अवस्था आएको देखिन्छ ।

    images
    images
    images

    २०७४ साल मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनमा बाम गठबन्धनले करिब करिब दुईतिहाई मतका साथ विजय हासिल गरी २०७४ फागुन ३ गते नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष के.पी. शर्मा ओलीज्यू चयन हुनु भएको हो । दुई ठूला कम्यूनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता भई नेपाल कम्यूनिष्ट पार्टीको जन्म भयो र जसमा के.पी. शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दुवै जना पार्टीको अध्यक्ष हुनु भयो । त्यसपछि सैद्धान्तिक रुपमा पार्टीको विचलन हुन पुगेको भान भयो । एक समुह माक्स र लेलिनको वाद संगसंगै जनताको बहुदलीय जनवाद र अर्को समुह माओवाद । भौतिक रुपमा जतिसुकै एकता भए पनि सैद्धान्तिक रुपमा यी दुई पार्टी एक हुनको लागि कही न कही उनीहरुले आफ्नो सिद्धान्तलाई छोड्नै पर्ने देखिन्थ्यो । एकताको केही समय पश्चातबाट नै पार्टी सैद्धान्तिक विचलन सुरु भयो जसको फलस्वरुप पार्टी भित्र विवाद उत्पन्न भयो । कम्यूनिष्ट सिद्धान्तलाई पुर्ण पालन गर्दा बहुदलीय कुरा आउन भएन र माक्र्स, लेलिन र माओको वादलाई मान्य हो भने संसदीय व्यवस्थालाई मान्न भएन । वर्गको कुरा गर्ने हो भने पनि नेपालमा सवै भन्दा वर्गिय राजनीतिमा कम्यूनिष्टहरु नै देखिन्छन् किनकी जातीय संरचना र आयोगहरु गठन गर्ने, सरकारीदेखि गैरसरकारी तह सम्ममा पनि जातीय आरक्षणको कुरा गर्नुलाई नै उनीहरुले आफ्नो वर्गिय समानताको रुपमा हेरेको पाइन्छ । के जात नै वर्ग हो ? के अल्पसंख्यक नागरिकलाई वर्गिय नागरिकको रुपमा परिभाषित गर्न सकिन्छ ? के थरकै आधारमा वर्ग स्थापना हुन्छ ? यही छ वर्गको परिभाषा ? अहिले यी दल न त पुर्ण कम्यूनिष्ट सिद्धान्त न त बहुदलीय जनवाद दुवैको बीचमा रुमलिएको सत्तामा आसिन पार्टीका नेताले हाम्रो सिद्धान्त त एक्काईसौ शताब्दीको नौलो जनवाद हो रे । यसको आधार के हो ? के हो नौलो जनवाद भनेको ? जसरी सत्ता सञ्चालन गर्न सकिन्छ वा जसरी जे बोलेर चुनाव जित्न सकिन्छ त्यसैलाई हो नौलो जनवाद भनेको हो ? बुझन गाह्रो भो ।

    अहिले त पार्टीको विवाद त्यतिसम्म बाहिरियो कि पार्टी नै फुटनेसम्मको कुराहरु आउन थाल्यो । एक अध्यक्षले अर्कोको कुरा नमान्य, स्थायी कमिटीको बैठक निरन्तर सरीरहने, छलफलका नाममा समय मात्र बर्वाद गर्ने, सडकमा कार्यकर्ताहरु एकले अर्काकोविरुद्ध नाराबाजी गर्ने, मुख्यमन्त्रीहरुका काम छोडी छोडी पार्टी एकता गर्ने भन्दै हिड्ने, सांसदहरु हस्ताक्षर अभियान चलाउने, राजदुतको दौडधुप, कुनै नेता आज यो गुटको भनेको छ भोलि त्यो गुटको भनेको छ, प्रधानमन्त्रीको गुटमा यति जना, प्रचण्डको गुटमा उति जना भन्दै समाचारहरु आउन थाल्यो । साँच्चै यो कुर्सीकै खेल हो त ? बैठक बोलाउने एउटा अध्यक्ष उपस्थिति नहुने, निर्णय भएको कुरा अमान्य हुने । खै के हो यस्तो सैद्धान्तिक विचलन नै हो भने या त आफ्नो आफ्नो बाटो स्पष्ट गर्नु पर्दछ हैन भने एउटै सिद्धान्तलाई लिएर अगाडि बढ्नुपर्दछ । सिद्धान्त पनि कुन हो स्पष्ट नै देखिदैन, माक्र्सवाद ? लेलिनवाद ?माओवाद ? जवज ? प्रचण्डपथ ? कि नौलो जनवाद ? वा समाजवाद हो कि ? साम्यवाद के हो लक्ष्य ? स्पष्ट हुनुपर्ने अन्यथा नेकपा भनेर एउटै पार्टीमा बसेर अन्योल गर्न भन्दा पुनः आ–आफ्नो बाटो गरे राष्ट्रले छिटो निकास पाउँथ्यो होला । 

    हो हामी नेपाली जनता सधै राजनीतिक दलबाट नै पीडामा छौ त्यसैले जसले जे भन्यो त्यो पत्याई हाल्छौ ?जनता चुल्हो बाल्न पाएका छैनन नेता घरघरमा पाईपको कुरा गरेको छ, जनता हिड्न राम्रो बाटो छैन् नेता रेल र पानीजहाजको कुरा गरेको छ, जनता खान नपाएर भोकै बस्ने बाध्यता आएको छ नेता बसिबसि घरमै खाने व्यवस्था मिलाईदिन्छु भनेको छ । भएको बुद्ध जन्मभूमि, पशुपतिनाथ, मुक्तिनाथ आदि व्यवस्थित गरेको छैन यहाँ राममन्दिरको कुरा गरिरहेको छ । भएका उद्योगहरु बन्द भएका छन्, यहाँ औद्योगिकरणको कुरा गरिएको छ । सिमानाको नागरिकको सुरक्षा गर्नु छैन । उनीहरुका समस्या सुन्नु छैन, राष्ट्रियता भन्दै कुदेको छ । अझ अहिले त कोभिड–१९ ले सार विश्व आक्रान्त छ, बिरामीहरु अस्पताल जान पाएका छैन्, बाटोमै मृत्यू भएको छ, अस्पतालहरु विरामी हेर्न मानेका छैनन्, जनता सामान्य भन्दा सामान्य औषधिबाट वञ्चित छ । त्यहाँ मन्त्री, सांसदहरु भत्ता बढाएका छन्, नयाँनयाँ गाडी खरीद गरिएको छ, महंगीले सीमा नाघिसक्यो । अनुगमन छैन् ।

    अनावश्यक विवादमा आउनको लागि विभिन्न निकायमा भटाभट राजनैतिक नियुक्ति गरेको छ, बाढी पहिरोको जोखिम छ राहत छैन, स्थानीय तहहरुमा भ्रष्टाचार बढेको छ सरकार मौन छ, यो सबै सम्हाल्नुपर्ने सरकारलाई आफ्नै कुर्सी बचाउनको लागि हम्मेहम्मे परेको छ । विपक्षी भन्दा कडा रुपमा पार्टी पंक्ति नै लागेको छ । पार्टी भत्रको विवाद सरकार सञ्चालनमा परेको छ, सरकारलाई कुनै कुरा सोच्ने फुर्सद नै छैन किनकीउ सलाई खाली कसरी हो आफ्नो कुर्सी बचाउने पाँच वर्ष कटाउने जनता जहाँसुकै जावास् । अझ सबै भन्दा मजाक त त्यो बेला लाग्छ जुन पार्टी दुईतिहाईका साथ सत्ता सञ्चालन गरेको छ, उसैले मलाई फलना देशले हटाउन लाग्यो रे, सार शक्ति मेरोविरुद्धमा षड्यन्त्र गर्दै छन् रे । दुईतिहाईको सरकार भएर पनि कम्यूनिष्टहरुले आफुलाई बामपन्थी हुँ भन्न छाड्दैनन् जसले धेरै पटक सत्ता सञ्चालन गरिसकेको छ उ कसरी वामपन्थी हुन सक्छ ?

    अन्त्यमा, नेकपाभित्रको विवादले साँच्चै नै देशलाई नै ठूलो दुर्घटनाको बाटोमा डो¥याउन लागेको जस्तो आभास भएको छ, सैद्धान्तिक बहस गर्नुपर्नेमा गुट र संख्याको बहस चुलिनु, सरकारले आफ्नो काम भन्दा पनि विभिन्न विवादित निर्णयहरु गर्दै जाने, न पार्टीलाई राम्रो सँग सञ्चालन गर्ने न सरकारलाई नै अब नेपाली जनताले के गर्ने हो ? त्यसैले नेकपाभित्रका विवाद सत्ता र शक्तिको खेलमा लागिरहेको प्रष्ट हुन्छ । अन्यथा यदि सैद्धान्तिक बहस हुन्थ्यो भने छलफलबाट अवश्य टुंगिने थियो । यदि यो झगडाले देशलाई नै खतराको संकेत गरिरहेको हो भने र कार्यकर्ताहरु यसरी नै एक अर्कोबीच वैरभाव रहने हो भने पुनः दुई पार्टी नै रहेर आ–आफ्नो बाटो गरे उचित हुने थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij