
शनिवार , बैशाख २५, २०७८
बुटवल, २५ वैशाख ।
आज बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको लागि आवश्यक पहल गर्ने समेत निर्णय गरेको छ ।
यसअघि चैत्र २१ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदन गर्दै संसदिय दलको बैठकले प्रम ओलीलाई विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले आगामी २७ गते हुने मतदानमा प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
बैठकमा बोल्दै सभापति देउवाले जुनसुकै हालतमा ओली सरकारलाई हटाउनुपर्ने कुरामा जोड दिएका थिए । त्यसका लागि दलहरुसंग पनि छलफल भइरहेको कुरा उल्लेख गर्दै सभापति देउवाले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद पुनः विघटन गर्ने ओलीको दाउ रहेको आशंका गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij