२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

मोरिङ्गा प्रबद्र्धनमा जोड, यसको प्रयोगले स्वास्थ्य र आम्दानी दुबैमा लाभ

बिहिवार , बैशाख १०, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • भैरहवा । नेपालका विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा खेतिहुदै आएको मोरिङ्गा खेती तथा उपभोग प्रबद्र्धनमा जोड दिन थालिएको छ । पोषणयुक्त खाद्यका रूपमा परिचित मोरिङ्गा स्वास्थ्यका लागि लाभदायी हुनुका साथै किसानका लागि आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सरोकारवालाहरूले यसको विस्तारमा चासो देखाएका छन् ।

    एकिकृत मोरिङ्गा प्रशोधन केन्द्रले भैरहवामा आयोजना गरेको मोरिङ्गा प्रबर्धन तथा सचेतना कार्यक्रममा बोल्ने सहभागिहरुले यसको प्रयोगले स्वास्थयमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।  

    प्राकृतिक चिकित्सक डा. हुमबहादुर बोहराले मोरिङ्गामा भिटामिन ए, सि, क्याल्सियम, आइरन र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँका अनुसार विशेषगरी बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धाका लागि मोरिङ्गा उपयोगी हुन्छ । 

    प्रशोधन केन्द्रकी प्रोपोराईटर सलुजा रामदामले व्यवसायिक रुपमा मोरिङ्गाको खेति शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले रुपन्देहीको गैडहवा गाउापालिकामा ५ बिगाह क्षेत्रफलमा मोरिङ्गाको खेति गर्दै आएको र यसको बजारिकरणमा सहयोग गरिदिन उद्योगी, व्यवसायि सहित स्थानिय सबैसंग आग्रह गर्नु भएको छ । 

    कार्यक्रममा सिद्धार्थ उद्योग संघका अध्यक्ष नेत्रप्रसाद आर्चायले मोरिङ्गाको सेवनका लागि बानीको बिकास गर्नु पर्ने बताउनु भयो । व्यवसायिक बिस्तारका लागि आफु तथा उद्योग बाणिज्य संघले आबश्यक सहयोग गर्ने बताउनु भयो । 
    त्यस्तै लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि नेपालका फस्ट भिडिजी मिना पन्थीले एकल महिलाले सहयोग गर्दै आउनु भएको उद्योग तथा व्यवसायलाई सबैले प्रबर्धनमा सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघकी सह कोषाध्यक्ष सचिव पल्लवी न्यौपानेले बजार व्यवस्थापन, जनचेतना बृद्धिमा जोड दिदै मोरिङ्गा प्रबद्र्धनमा सबैको सहयोग आबश्यक रहेको बताउनु भयो । 

    मोरिङ्गाबाट पाउडर, चिया, तेल, क्याप्सुल जस्ता मूल्य अभिवृद्धि भएका उत्पादन तयार गरी नेपाली बजारमै बिक्रीको सम्भावना खोज्दै जानु पर्नेमा जोड दिए । 

    विज्ञहरूले मोरिङ्गा प्रबद्र्धनलाई “एक गाउँ एक उत्पादन” जस्ता कार्यक्रमसँग जोड्दै व्यापक अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । यसबाट एकातर्फ जनस्वास्थ्यमा सुधार आउने र अर्कोतर्फ किसानको आर्थिक अवस्था सुदृढ हुने अपेक्षा गरिएको छ ।
    रुरी सूचना