२०८३, मंसिर ८ गते

Nov 24 2026 | २०८३, मंसिर ८ गते

यातायात कार्यालय बुटवलबाट सात बिचौलिया पक्राउ

मंगलवार , मंसिर ८, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, ८ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालयको परिसरबाट प्रहरीले सातजना बिचौलियालाई पक्राउ गरेको छ । 

    मंगलबार कार्यालय परिसरमा बिचौलियाको कार्य गरिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    गुल्मीको मालिका गाउँपालिका–५ बस्ने २३ वर्षिय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४२ वर्षिय हेम प्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ बस्ने ४३ वर्षिय लक्ष्मी खनाल, सोही स्थान बस्ने ६२ वर्षिय खोमलाल भुषाल, बुटवल–८ बस्ने ५४ वर्षिय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ बस्ने ३१ वर्षिय बिजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ बस्ने ५३ वर्षिय प्ररमधोज श्रेष्ठलाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।