२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने

बिहिवार , बैशाख ३१, २०८३

  • 481
    Shares
  • 481
    Shares

  • काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री बालेन शाह आज पनि संसदको बैठकमा नजाने पक्का भएको छ ।

    आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ। तर प्रधानमन्त्री शाह भने संसदमा नजाने उनको सचिवालयले जनाएको छ । संसदको कार्यसूची नै फेरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ ।

     जवाफ नीति तथा कार्यक्रममाथि जवाफ दिने जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिइसकेकाले प्रधानमन्त्री शाह प्रधानमन्त्री कार्यालयकै काममा व्यस्त रहने सचिवालयको भनाइ छ । प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै हिजो विपक्षी दलहरूले पटकपटक संसद अवरोध गरेका थिए ।

    प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको हो । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।