२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

सरकारले बाल अधिकार परिषद खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : इन्दिरा रानामगर

बिहिवार , जेठ ७, २०८३

  • 799
    Shares
  • 799
    Shares
  • काठमाडौं, ७ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । 

    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भयो ।

    उहाँले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चिन नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।

    साथै यस विषयमा सरोकारवालाहरुसँग व्यापक परामर्श गरी पुनर्विचारका लागि सरकारसँग आग्रह गर्दछु । मेरो भाषामा बालबालिका सबैभन्दा निमुखा वर्ग हो । एउटा गरिव मान्छेलाई म निमुखा भन्दिन । जो निर्दोष, कमजोर छ । उनीहरुलाई निमुखा भन्नुपर्छ भनेर पनि म आग्रह गर्दछु ।’

    सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भिर विषयको रुपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पार्नुभयो ।