शुक्रवार , जेठ ८, २०८३
काठमाडौं, ८ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका साथ आगामी आर्थिक बर्षको बजेट आउने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठूलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताउनुभएको हो । उहाले आर्थिक सुधारका कामहरुलाई निरन्तरता दिदै मुलुकको अर्थतन्त्रको आकार बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले उद्यममैत्री, निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा सरकार रहेको समेत बताउनुभयो । सार्वजनिक ऋणका बिषयमा सांसदहरुले उठाएका प्रश्नमा मन्त्री वाग्लले वर्तमान सरकारले सीमा भन्दा बाहिर गएर दातृ निकायसंग ऋण नलिएको स्पष्ट पार्नुभयो । उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने सरकारको विश्वास रहेको उहाले बताउनुभयो ।
उहाले लगानीमैत्री वातावरण बनाएर अर्थतन्त्रको आकार ठूलो बनाउन सके स्रोतको सीमिततामा बस्नुपर्ने असहज अवस्था सहज हुदै जाने उल्लेख गर्नुभयो ।
मन्त्री वाग्लेले करिव ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाहरुलाई समयमा नै पुरा गर्न प्रयाप्त बजेट बिनियोजन गरिने जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले अलपत्र आयोजनाहरुलाई पुरा गर्न सक्ने गरि बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
