२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

रास्वपा सिद्धार्थनगर–१० को अध्यक्षमा ज्ञानराज पाण्डे

शनिवार , जेठ ९, २०८३

  • 751
    Shares
  • 751
    Shares
  • भैरहवा, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा अधिवेशनलाई तीव्रता दिएको छ । रुपन्देहीमा पनि पार्टीले विभिन्न वडामा पुगेर संगठन विस्तार तथा वडा अधिवेशनलाई सक्रिय रूपमा अगाडि बढाइरहेको छ ।

    यसैक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा सम्पन्न वडा अधिवेशनबाट स्थानीय युवा समाजसेवी ज्ञानराज पाण्डे वडा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा अखिलेश पाण्डे तथा सचिवमा कृष्ण प्रसाद चाई सर्वसम्मत चयन भएको रास्वपाको सिद्धार्थनगर नगर समितिले जनाएको छ ।

    सामाजिक गतिविधिमा सक्रिय पाण्डे सरल र मिलनसार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँको नेतृत्वमा वडास्तरमा जनसहभागीतामूलक, पारदर्शी तथा रुपान्तरणमुखी गतिविधि अघि बढ्ने अपेक्षा गरिएको स्थानीय कार्यकर्ताले बताएका छन् ।

    नवनिर्वाचित अध्यक्ष पाण्डेले वडाको विकास, सुशासन र नागरिक सहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले युवा शक्ति, महिला तथा स्थानीय समुदायलाई साथमा लिएर समाज रूपान्तरणका अभियान सञ्चालन गर्ने बताउनुभयो ।

    वडा कमिटी गठन कार्यक्रममा सिद्धार्थनगर नगर समितिका सभापति पर्शुराम पराजुलीले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई जनताको विश्वास जित्ने गरी अघि बढाउन आग्रह गर्नुभयो । नगर उपसभापति अब्दुल रहमान खान तथा निर्वाचन परिचालन संयोजक छविलाल शर्माले पनि पाण्डेलाई सफल कार्यकालको शुभकामना दिँदै जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला अगुवा, युवा तथा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । सहभागीहरूले स्थानीयस्तरमा सुशासन, पारदर्शीता र विकासका मुद्दालाई प्रभावकारी रूपमा उठाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरेका थिए ।