२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने

सोमवार , जेठ ११, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • दाङ, ११ वैशाख । लुम्बिनी प्रदेश सरकारले सोमबार (आज) आगामी आर्थिक बर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ ।

    प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले  प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ । 

    प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको हो ।