२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सोमवार , जेठ ११, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • दाङ, ११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ ।

    प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको हो ।

    प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेश सभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगरसहित मन्त्री तथा प्रदेश सभा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

    प्रदेश प्रमुख घर्तीमगरलाई नेपाल प्रहरीको एक टुकुडीले सम्मान सलामी समेत दिएको थियो ।

    प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताइएको छ । नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुने कार्यसूची रहेको छ ।