२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ : रास्वपा सांसद बुढाथोकी

मंगलवार , जेठ १२, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, १२ जेठ । सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिनुभएको छ । 

    मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनैपनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गर्नुभएको हो । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यवहारिक र सेवाग्राही मैत्री नभएको सांसद बुढाथोकीको तर्क थियो । उहाँले सार्वजनिक विद्यालयहरुको समायोजनमा तिब्रता दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

    सांसद बुढाथोकीले भन्नुभयो,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भयो । यसले विद्यार्थी बरालिने र पाठयक्रम पूरा गर्न समस्या सृजना गरेको छ । सार्थ २ दिनको बिदाको कारण नागरिकहरु आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।

    शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । गाउँमा विद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्तै न्युन भएर विद्यार्थीहरुको लागत बढिरहेको छ । विद्यालयहरु समायोजन गरी आवासीय विद्यालयहरु बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

    सांसद बुढोथोकीले सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय सेवा प्रदान गर्न पनि सरकारले उचित पहल गर्नुपर्ने बताउनु भयो ।