बुधवार , जेठ २०, २०८३
भैरहवा, २० जेठ । लर्ड्स प्लाजा प्लाजा र होटल स्वीट पूर्णिमा प्रा.लि.बीच होटल व्यवस्थापन सम्बन्धी सम्झौता भएको हो । बुधबार भैरहवास्थित होटल समृद्धि प्रा.लि.मा दुवै पक्षले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
होटल स्वीट पूर्णिमा प्रा.लि.का सञ्चालक राम बहादुर थापाले निर्माणाधिन होटलमा ९० वटा कोठा रहेको बताउनुभयो । उहाँले होटल ८० हजार स्क्वायर फुटमा होटल निर्माण भइरहेको जानकारी दिनुभयो । क्यासिनो १५ हजार स्क्वायर फुटमा र २ हजार जना अट्ने क्षमताको १५ कठ्ठा क्षेत्रफलमा बैंक्वेट हल निर्माण भइरहेको उहाँको भनाइ छ । सन् २०२७ जुन महिनासम्म होटल सञ्चालन गर्ने तयारी रहेको थापाले बताउनुभयो ।
लर्ड्स इन होटल एण्ड रिसोर्टस् प्रा.लि. काठमाडौंका सहायक उपाध्यक्ष शैलेज नरेन्दर टेरीले होटल स्वीट पूर्णिमा प्रा.लि.को व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने अवसर प्रदान गरेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले रुपन्देही पर्यटनको हबको रुपमा विकसित भइरहेको बताउनुभयो ।
होटल स्वीट पूर्णिमा प्रा.लि.भैरहवाको लुम्बिनीरोड (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) नजिकै रहेको होटल समृद्धि नजिकै छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
