शुक्रवार , आषाढ १२, २०८३
भैरहवा, १२ असार । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)को टोली अध्ययन अवलोकन भ्रमणका क्रममा हिमालपारीको जिल्ला मनाङ आइपुगेको छ । संस्थाका अध्यक्ष सचिन रोक्काको नेतृत्वको टोली शुक्रबार बिहान भैरहवाबाट मनाङतर्फ प्रस्थान गरेको थियो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रत्येक वर्ष भ्रमणलाई निरन्तरता दिदै आएको अध्यक्ष रोक्काले बताउनुभयो ।
भ्रमण टोलीमा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार लगायत गरी ३२ जनाको सहभागीता रहेको भ्रमण संयोजक तथा संस्थाका पूर्व उपाध्यक्ष रामचन्द्र रेग्मीले बताउनुभयो । तीनदिवसीय भ्रमण अन्तर्गत मनाङ जिल्लाको विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको रेग्मीले जानकारी दिनुभयो ।
टोली असार १४ गते रुपन्देही फर्किने संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij