शनिवार , आषाढ २७, २०८३
भैरहवा, २७ असार । बेल्बासे वंश समाज भैरहवाको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
समाजको अध्यक्षमा गणेश प्रसाद बेल्बासे निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्र प्रसाद बेल्बासे, सह–सचिवमा यज्जनय प्रसाद बेल्बासे तथा कोषाध्यक्षमा बिमला बेल्बासे निर्वाचित हुनुभएको छ । त्यसै गरी कार्यसमिति सदस्यहरूमा विष्णु प्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, बिमला बेल्बासे र खगेन्द्र बेल्बासे निर्वाचित हुनुभएको निर्वाचन अधिकृत केशव शर्मा बेल्बासेले जानकारी दिनुभयो
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासेले समुदायबीच आपसी एकता, सहयोग र सद्भावलाई अझ सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संगठित प्रयासबाट समुदायको सामाजिक, शैक्षिक र आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेल्बासे वंश समाज रूपन्देहीका अध्यक्ष मुकुन्दराज बेल्बासेले केन्द्र र जिल्लास्तरमा अपेक्षाअनुसार गतिविधि सञ्चालन हुन नसकिरहेको अवस्थामा भैरहवा शाखाले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै उदाहरणीय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भैरहवा शाखाका अध्यक्ष घनश्याम बेल्बासेले विभिन्न पेशा, व्यवसाय र स्थानमा छरिएर रहेका बेल्बासे समुदायलाई एउटै साझा मञ्चमा आबद्ध गराइ आपसी सम्बन्ध, सहकार्य र एकतालाई मजबुत बनाउने उद्देश्यले समाजले निरन्तर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विष्णु प्रसाद बेल्बासे, गणेश प्रसाद बेल्बासे, झविन्द्र प्रसाद बेल्बासे लगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले समाजलाई थप सशक्त, संगठित र क्रियाशील बनाउँदै समुदायको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij