२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

भैरहवामा सञ्चालनमा आयो ‘युएस पिज्जा’

आइतवार , श्रावण ३, २०८३

  • 622
    Shares
  • 622
    Shares
  • भैरहवा, ३ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित नारायणपथमा युएस पिज्जा सञ्चालनमा आएको छ । ओमसतिया गाउँपालिका–६ निवासी पंकज जैसवालको लगानीमा रैथाने स्वादलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ करिब ५० लाख रुपैयाँको लगानीमा उक्त रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।

    विगत ६ वर्षअघि अन्तर्राष्ट्रिय फ्रेन्चाइज ब्रान्ड (युएसपीएफसी) का रूपमा यात्रा सुरु गरे पनि हाल यसलाई परिमार्जन गरी पूर्ण रूपमा नेपाली स्वामित्वको ‘युएस पिज्जा’ ब्राण्डका रूपमा स्थापित गरिएको सञ्चालक जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार यस व्यवसायबाट हाल स्थानीय १० जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    गुणस्तरीय सेवा र नेपाली स्वादको फ्युजनलाई मुख्य विशेषता बनाएको यस रेष्टुरेण्टले कच्चा पदार्थमा स्थानीय बजारलाई नै प्राथमिकता दिएको छ।  विशेष गरी मोजरेला र लिक्विड चिजको सन्तुलित मिश्रणबाट तयार पारिने पिज्जाका साथै स्थानीय कृषि बजारबाट उत्पादित फ्रेस चिकेनको प्रयोग गरी विभिन्न परिकारहरू बनाइने सञ्चालक जैसवालको भनाइ छ ।

    pankaj jaiswal.JPG

    बजारमा रहेका अन्य पुराना ब्राण्डहरूको प्रतिष्पर्धाका बीच आफ्नो व्यवस्थापनले इमानदारिता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको जैसवालले बताउनुभयो ।

    ggggggg.JPG

    नारायणपथस्थित रेष्टुरेण्टमा पिज्जाका अतिरिक्त विभिन्न प्रकारका बर्गर, क्रन्ची फ्राइड चिकेन, चिकेन विङ्ग्स तथा रैथाने स्वादका चिकेन छोइला, ललिपप र मःम जस्ता विभिन्न परिकारहरू उपलब्ध छन् । साथै ४ किलोमिटर सम्म फ्रि होम डेलिभरीको व्यवस्था समेत छ । युएस पिज्जा नारायणपथस्थित नेपाल एसबीआई बैंकको पारीपट्टी रहेको छ ।