शनिवार , आश्विन ३, २०८३
भैरहवा, ३ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले संविधान दिवसको पूर्वसन्ध्यामा सरसर्फाइ कार्यक्रम गरेको छ। शुक्रबार गाउँपालिका कार्यालय परिसरमा कर्मचारीहरूले सरसफाई गरेका हुन् ।
गाउँपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको दुईदिने कार्यक्रमअन्तर्गत शुक्रबार सरसफाई कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले जानकारी दिनुभयो ।
कार्यालय परिसरमा फोहोरमैला व्यवस्थापनप्रति कर्मचारी तथा जनप्रतिनिधिलाई जिम्मेवार बनाउन, कार्यालय परिसरलाई सफा–सुग्घर राख्न तथा सरसफाईप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको यादवले बताउनुभयो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, हाम्रो संविधान हाम्रो गौरव’ भन्ने सन्देशसहित गाउँपालिकाले सरसफाईसँगै दीप प्रज्वलन गरी संविधान दिवस मनाउने कार्यक्रम तय गरेको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij