२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

वृक्षरोपण कार्यक्रम सम्पन्न

आइतवार , श्रावण ३, २०८३

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • रुपन्देही, ३ साउन । चिसापानी सामुदायिक वन उपभोक्ता समूह, बर्दघाट–२, चिसापानीमा खाली रहेको जग्गामा आइतबार चिसापानी चुरे उद्यान संरक्षण समितिको संयोजनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 

    दालचिनी, शित्तलचिनी, आँप, चिउरी, अमला, रानीबेललगायतका दुईसय बढी बेर्ना रोपिएको संरक्षण समितिकी सल्लाहकार दया दर्लामीले जानकारी दिनुभयो । 

    उक्त कार्यक्रममा चिसापानी सावउस, चिसापानी चुरे उद्यान संरक्षण समिति, सूर्यज्योति युवा क्लब, दिव्यज्योति मावि, चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता समूह, साना किसान सहकारी र चिसापानी सामुदायिक अस्पतालको सहभागीता थियो । 

    सो वृक्षरोपण कार्यक्रममा जिल्ला समन्वय समिति, नवलपरासीका सदस्य धनीराम चौधरी, बर्दघाट–२ का वडाध्यक्ष गणेशबहादुर क्षेत्री, कार्यपालिका सदस्य तथा सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङ र संरक्षण समितिका अध्यक्ष नरबहादुर क्षेत्री लगायतको उपस्थिति थियो ।

    WhatsApp Image 2026-07-19 at 4.38.32 PM (1).jpeg
    undefined

    साथै वृक्षरोपण गरिएका बेर्नामा मलजल र गोडमेल गर्नका लागि प्रत्येक शनिबार बिहान तीन घण्टा समय छुट्याइने सहभागीहरुले बताए।