images

सोमवार, बैशाख १७ गते २०८१

पृथ्वीचन्द्र अस्पतालमा एचडीयू सेवा संचालनका लागि रामग्रामको १० लाख सहयोग

पृथ्वीचन्द्र अस्पतालमा एचडीयू सेवा संचालनका लागि रामग्रामको १० लाख सहयोग

images
images
images
आइतवार, जेठ २ २०७८
आइतवार, जेठ २ २०७८
  • पृथ्वीचन्द्र अस्पतालमा एचडीयू सेवा संचालनका लागि रामग्रामको १० लाख सहयोग

    परासी, २ जेठ । 
    पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पृथ्वीचन्द्र अस्पतालमा एचडीयू सेवा संचालनका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अस्पतालले बनाउन लागेको १० बेडको हाई डिपेन्डेन्सी ओक्सिजन यूनिट (एचडीयू) लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।  

    images

    नयाँ भेरिएन्टसहितको कोभिड–१९ को संक्रमणबाट जिल्लाबासीहरु संक्रमित भइ आइसीयू, एचडीयू र अक्सिजनसहितको बेड नपाएर अकालमा मृत्यु भइरहेकोले जिल्लामै सो स्तरका उपचार सेवा प्रदान गर्न अस्पतालले डाक्टरको निगरानीमा एचडीयू संचालनमा ल्याउन लागेको छ । जसलाई छिटोछरितो संचालनमा ल्याउन एचडीयू सेवा व्यवस्थापनका लागि रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले आइतबार अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् । आगामी दिनमा थप सहयोग गर्ने नगरप्रमुख गुप्ताले प्रतिवद्धता व्यक्त गरे ।

    देशभरी नै आइसीयू, एचडीयू र अक्सिजनसहितको बेड अभाव भइरहेका बेला अस्पतालमा आइसीयू र एचडीयू सेवा नभएकै कारण कोभिडका गम्भीर बिरामीहरुलाई पनि बाहिर जिल्ला रिफर गर्नुपर्ने बाध्यता देखिएको छ  । जसका कारण अधिकांश बिरामीहरु बेड नपाएर विभिन्न अस्पतालको चक्कर लगाउँदै मृत्युको मुखमा पुग्ने गरेका छन् ।

    अब गम्भिर विरामीलाई अस्पतालबाट रिफर गर्नुपर्ने बाध्यता र विरामीले अस्पतालको चक्कर काटने समस्यालाई सामाधान गर्न पृथ्वीचन्द्र अस्पतालमै एचडीयु सेवा संचालनका लागि नगरपालिकाले पनि हातेमालो गर्दै पहिलो चरणमा १० लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख गुप्ताले बताए । अस्पतालमा जनशक्तिको अभाव रहेकाले ४ जना नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि अस्पतालमा उपचार सेवा प्रदान खटाइएको उनले जानकारी दिए । 

    चेक बुझ्दै अस्पतालका विकास समितिका अध्यक्ष जगदीश चौधरीले रकम अस्पतालमा संचालन गरिने एचडीयु सेवा व्यवस्थापनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । अस्पतालले आफ्नो पुरानो भवनमा १० बेडको एचडीयू सेवा संचालनको प्रारम्भिक कार्यहरु पनि अगाडी बढाइसकेको चौधरीले जानकारी दिए । उनले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचडीयू संचालनको लागि ६० लाख र कोभिड व्यवस्थापनको लागि १० लाख गरी जम्मा ७० लाख रुपैयाँ पठाएको जानकारी दिए । नगरपालिकाको यो १० लाख आर्थिक सहयोगले अस्पताललाई एचडीयू संचालनमा ठूलो सहयोग पुग्ने र थप आर्थिक सहयोगको खाँचो समेत रहेको उनको भनाइ छ ।

    अस्पतालमा एचडीयू सेवा संचालन भएपछि कोभिडका गम्भिर बिरामीहरुलाई पनि यही उपचार सेवा प्रदान गर्न सकिने र जिल्लामा मृत्युदर पनि घट्ने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे । 

    अस्पतालमा एचडीयूका लागि आवश्यक पर्ने बेड, मोनिटर, ओक्सिजन लगायतका स्वास्थ्य उपकरण र सामग्रीहरु खरिद गर्न सप्लायर्सलाई सम्पर्क गरी प्रक्रिया अगाडी बढाइसकिएको र एचडीयू सेवा सुचारु हुने भवनमा आवश्यक व्यवस्थापनको कार्यहरू पनि अगाडि बढिसकेको अस्पतालले जनाएको छ ।

    चेक हस्तान्तरण कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी, वडा नम्बर ५ का अध्यक्ष विनोद कुंवर, कार्यपालिका सदस्य रोशन शाह, उमाशंकर श्रीवास्तव, समाजेवी बुद्धन अलि लगायतले पृथ्वीचन्द्र अस्पताल जिल्लाकै अस्पताल भएकाले यसको व्यवस्थापनमा अरु पालिकाहरुले पनि सहयोग गर्न आवश्यक देखिएको बताए । 

    त्यस्तै कोभिड–१९ बाट संक्रमित बिरामीहरुलाई सेवा दिन रामग्राम नगरपालिकाका प्रमुखले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् । नगरप्रमुख गुप्ताले निषेधज्ञालाई पुर्ण रुपमा पालना गराउन बजारको अनुगमन गरिरहेको र आइसोलेशनमा रहेका कोभिडका बिरामीहरुलाई भेटेर मास्क, सेनिटाइजर, भिटामिन लगायतका आवश्यक औषधीहरु पनि विरतण गर्दै बिरामीको मनोबल उच्च राख्ने कार्य गर्दै आएका छन् । नगरपालिकाले पाल्ही बहुमुखी क्याम्पसमा स्वास्थ्यकर्मीहरुको निगरानीमा अक्सिजनसहित २० बेडको आइसोलेशन पनि संचालन गरी सेवा प्रदान गर्दै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij