२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

काँग्रेस सिद्धार्थनगरको सभापतिमा उम्मेदवारी दिने संजीव शर्मा रेग्मीको घोषणा

बिहिवार , श्रावण ७, २०८३

  • 322
    Shares
  • 322
    Shares
  • भैरहवा, ७ साउन । नेपाली काँग्रेस नगर समिति, सिद्धार्थनगर, रुपन्देहीको सभापति पदमा उम्मेदवार दिने युवा नेता संजीव शर्मा रेग्मीले घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी संघ, काँग्रेसको वडा समिति, नगर समितिको कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसक्नुभएका रेग्मीले यसपटक सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणासँगै उहाँले आफ्नो चुनावी प्रतिवद्धता समेत सार्वजनिक गर्नुभएको छ ।

    रेग्मीले अनुभव, इमानदारी, समर्पण र एकतालाई आफ्नो नेतृत्वको मुख्य आधार बनाउँदै समृद्ध काँग्रेस निर्माणमा केन्द्रीत रहने बताउनुभएको छ । उहाँले संगठनलाई बलियो, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धतामा पारदर्शीता, सुशासन र जवाफदेहीता, सबै तह, तप्का र क्षेत्रलाई समेटेर एकताबद्ध काँग्रेस निर्माण, युवा, महिला, दलित, जनजाति र विपन्न वर्गको सशक्त सहभागीता सुनिश्चित, जनसमस्यालाई प्राथमिकतामा राखी सक्रिय जनसरोकार र सेवा प्रवाह, विधि, विधान र लोकतान्त्रिक पद्दतिमा आधारित दिगो र सशक्त संगठन निर्माण समावेश गरिएको छ ।

    ‘अघिल्लो अधिवेशनमा म उपविजेता भएको थिएँ, उहाँले भन्नुभयो–‘यसपटक पुनः सभापतिको उम्मेदवार बन्दैछु । सबैको साथ र सहयोगको अपेक्षा राख्दछु ।’ युवा व्यवसायी समेत रहनुभएका रेग्मी विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुनुहुन्छ ।

    २०७८ सालमा भएको नगर अधिवेशनमा पनि उहाँले सभापतिमा उम्मेदवारी दिनुभएको थियो । तर, कोशिष बहादुर खड्कासँग पराजित हुनुभएको थियो । खड्का काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । काँग्रेस सिद्धार्थनगर कार्यबाहक सभापतिको जिम्मेवारी अहिले उपसभापति देवराज न्यौपानेले सम्हालिरहनुभएको छ । 

    काँग्रेसको आगामी राष्ट्रिय महाधिवेशनका लागि पालिका अधिवेशनको तयारी भइरहेको छ ।