images

शनिवार, बैशाख २२ गते २०८१

तिज संस्कृति: किन बन्दैछ भड्किलो

तिज संस्कृति: किन बन्दैछ भड्किलो

images
images
images
बिहिवार, भाद्र ४ २०७७
बिहिवार, भाद्र ४ २०७७
  • तिज संस्कृति: किन बन्दैछ भड्किलो

    कहाँमा जान्छौ रानीचरी बगाल ?  बरिलै भगवानलाई भेटन् ।
    भगवानलाई भेटन के के पाउर चाहिन्छ ? बरिलै फुलपाती अक्षता ।।

    आनन्द र मधुर भाव प्रकट भगवान रसमा भुलिएको एक यात्री र भगवान सेवामा जान लागेको चराहरुको बथान संगको प्रश्नउत्तरसहितको गीत जति सुने पनि पट्यार लाग्दो छैन् । यति मात्र नभएर तिजको बेलामा दुःखसुखका गित, प्रेमभावका गितहरु जसमा बरिलै भाकामा मधुर रसपान गर्न सक्दथ्यौ, सुन्दै तिज आएआए जस्तो लागिहाल्थ्यो । रातो साडी लाएका महिला दिदीबहिनीहरु वर्ष दिनमा एक पटक सबैसंग मिलन हुने र आफ्नो दुःखसुखका वेदनालाई गितको माध्यमबाट प्रकट गर्ने यो पर्व साँच्चै सनातन संकृतिमा विशेषत : नेपाली हिन्दू नारीहरुका लागि अति नै महत्वपूर्ण पर्वको रुपमा मानिन्छ । 

    हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन देखि भाद्र पञ्चमीसम्मको तीन दिन हिन्दू नेपाली नारीहरुले मनाउने पर्वको आफ्नै महत्व र विशेषता रहेको छ । सत्ययुगमा माता पार्वतीले भगवान शिवलाई आफ्नो बर(स्वामी)को रुपमा पाउनको लागि निराहार रहि उहाँको सुस्वास्थ्य र उहाँको शरीरमा कुनै बाधा नपरोस् भनी कामना गरी ब्रत बसेको र उहाँलाई स्वयं भगवान प्रकट भइ मनोकामना पुरा हुने बरदान दिएको दिन भाद्र शुक्ल तृतीयामा हरेक नेपाली हिन्दू नारीहरुले यस पर्वलाई आफ्नो पतिको दिर्घायू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै व्रत बस्ने गर्दछन् । यस पर्वमा विशेष गरी तृतीयाको दिन भगवान िशवको पुजाअर्चना गरेर सुरु गरिन्छ र पञ्चमीको दिन सप्तऋषिहरुको पुजा गरी समापन गरिन्छ । यस पर्वमा विवाह गरेर गएकी आफ्नी चेलिहरुलाई माइतीले सम्मानका साथ घरमा बोलाउने र मिठामिठा पक्वान्न बनाएर खुवाउने गर्दछन् । सक्नेले आफ्नी चेलीलाई नयाँनयाँ लुगाकपडाहरु उपहार स्वरुप दिने गर्दछन् । विवाह गरेर गएका चेलीहरु माइतीमा आउने तिजको अघिल्लो दिन माइतीले पकाएर दिएका मिठा मिठा खानाहरु (दर) खाने, एक अर्कामा दुःखसुख साट्ने गर्दछन् र भोलिपल्ट बिहान सबेरै उठेर नुहाँईधुवाई सकिचोखा कपडा लगाएर सक्नेले निराहार र नसक्नेले फलफूल खाएर दिनको मध्यान्नीमा भगवान शिवको पुजाअर्चना गरी नाचगान गरी रमाइलोसंग दिन बिताउँदछन् । लोमो समयसम्म भेटघाट नभएका गाउँका दिदीबहिनीहरुसंग भेटघाट गर्ने, रमाइलो गर्ने पर्वको रुपमा पनि यो तिजपर्व प्रचलित छ । साँझको समयमा पनि भगवानको आराधना गर्न गर्दछन् भने भोलिपल्ट गणेश चतुर्थीको पुजा गरी पर्सिपल्ट वा भाद्रशुक्ल पञ्चमीको दिन सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनाई यो तिज पर्वलाई विधिवत् रुपमा समापन गरिन्छ । 

    पुर्विय दर्शनको ठूलो धार्मिक मान्यता र परम्परा रहेको यो पर्व आजकल भडकिलो, महंगो र अनावश्यक रुपमा विकृति पैmलिदै गइरहेकोले धार्मिक क्षेत्रमा कार्य गर्ने सवैलाई चिन्तित तुल्याएको छ । सनातन संस्कृतिका सवै पर्वको छुट्टाछुट्ै महत्व रहेको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारणहरु छन् । बेलाबेलामा खाली पेट रहनु स्वास्थ्यको लागि उत्तम मानिन्छ जसलाई हाम्रो धार्मिक भाषामा व्रत भनिन्छ । शाकाहारी भोजन, फलफूल खानु, दुध पिउनु जस्ता कुरालाई विज्ञानले पनि राम्रो मान्छ जसलाई सनातनीय भाषामा सात्वयिक भोजन भनिन्छ । परिवारका एक सदस्यले अर्को सदस्यको सुस्वास्थ्य, दिर्घायूको कामना गर्ने कुरा आफैमा महत्वपूर्ण रुपमा लिनु पर्दछ । सनातन धर्म संस्कृतिको सबै परम्पर वैज्ञानिक र हितकारी छन् यो कुरालाई कसैले नकार्न सायदै सक्दैनन् र पनि धर्म संस्कृति र परम्परालाई नै चुनौति दिने खालका क्रियाकलापले यसको महत्वलाई घटाउदै र विश्वास हराउँदै गएको छ । विशेषत ः यो तिज पर्व नाचगान र उत्सवको रुपमा मनाउने परम्परा हो तर अहिले हामीले सुन्ने तिज गितहरु कस्ता छन् ? के शब्द राखेर गितहरु बनेका छन् ? के त्यी गितहरुले हाम्रो मौलिकतालाई संरक्षण गरेको छ ? के हाम्रो धर्मको रक्षा गरेको छ ? या नारीहरुलाई सम्मान गरेको छ ? साँच्चै तिजको गित भनेर प्रशारण हुने कतिपय गितहरु त दिदीबहिनीसंग संगै बसेर हेर्न वा सुन्न पनि लाजै लाग्दो हुन्छ । धेरैजसो गितहरु त पुरुषले नै गाएको पाइन्छ (पुरुषले गाउनै नहुने त होइन)र त्यस्ता गितहरु जुन रत्यौली पारामा (विवाहमा जन्ती गइसकेपछि बेहुलाको घरमा आमादिदीबहिनी मिली पुरुष र महिलाको भेषमा गाइने रमाइलो र अलिअलि छा.... गित) गाइएका हुन्छन् । रत्यौलि र तिजको फरक पनि छुट्याउने नसक्ने आजकालका आफुलाई केही आधुनिक पाराको गायक भनेर घोषणा गर्ने र पैसै कमाउनका लागि यस्ता हर्कत गर्ने गरेको देखिन्छ । अझ हापपाइन्ट र हाप टिर्सट लगाएर तिजका गित भन्दै बरिलै र लरिलै गरि उफ्रने गायिका र साडी चोलो लगाएर विच्चविच्च र छेउछेउ भन्दै उफ्रदै गाउने गायक अनि नाइटो र ओठमा मुन्द्रा लगाई नो तिज र नो व्रत भनी चिच्याउने गायकगायिकाहरुका कारण तिजको मौलिकता र यसको परम्परामा ठूलो असर परेको पाइन्छ ।

    images
    images
    images

    गित गाउन पाए भन्दैमा जस्तो पायो त्यस्तो शब्दको प्रयोग गर्ने, कुन संस्कृति, कुन परम्परा र त्यसको महत्व नै नबुझी नानाभाँती शब्दहरुको प्रयोग गर्दा पनि हामीहरु चुपचाप त्यही गित यूट्यूवबाट डाउनलोड गरी चर्को आवाजमा होटेल र रेष्टुरेष्टतिर गई परम्परा जोगाएका छौ भन्दा अलिकति अपाच्य भएको महसुस हुन्छ । अझअचम्मको कुरा त देशको मौलिकता, सांस्कृतिक र धार्मिक परम्परामाथि नै सिधै आक्रमण गर्ने खालका त्यस्ता गितहरु सार्वजनिक हुँदा शब्द सेन्सर गर्ने कुनै कानून नभएको सुन्दा त हाम्रो देशमा जे मन लाग्यो त्यही बोल्ने र लेख्नलाई लोकतन्त्रले पूर्ण छुट दिएको महसुस भएको छ । सनातनदेखि चलिआएको मौलिक परम्परलाई समय अनुसार केही परिवर्तन गर्नुपर्ने हुन सक्छ । त्यसका पनि केहि कमीकमजोरी हुनु स्वाभाविक हो, यो कुरा समय अनुसार आफै बदलिँदै गइरहेको पनि छ । तर पैसै कमाउने उद्देश्यले यस्ता आस्थाका पर्वहरुमा आक्रमण गर्दा सबै सचेत भएर सोच्नुपर्ने जरुरी देखिन्छ ।

    अन्त्यमा, साच्चै प्राकृतिक धर्मको रुपमा रहेको सनातन धर्म र यसको संस्कृति त्यो पनि विशेषतः नेपालको मौलिक परम्परा, चाडपर्व, पर्व उत्सवहरु, संस्कृति, भाषा, भेषभुषा सबैको आफ्नो आफ्नो महत्व र विशेषता रहेको हुन्छ, जुनसुकै रुप या नाममा होस् यो परम्परा र संस्कृतिले नेपालको मौलिकतालाई झल्काउछ र व्यक्ति, समाज र राष्ट्रको पहिचान दिलाउँछ । सबैमा भातृत्व, मातृत्व र एकता सिकाउने यो सनातन संस्कृति अथवा पुर्विय दर्शनलाई असर पार्ने र भोलिका पिढीले यसलाई बिर्सने खालका गतिविधिहरु सबैले आ–आफ्नो ठाउँमा रहेर रोक्नुपर्छ र यसलाई आफ्नो जस्तो मौलिकता त त्यसै अनुरुप नै सञ्चालन गर्नुपर्छ । देशको धर्म र संस्कृतिलाई विकृतिको रुपमा मनाउन प्रयास गर्ने, शब्दहरु लेख्ने, गाउने, नाच्नेलाई नेपाल सरकारको सम्वन्धित निकाय वा मन्त्रालयले नियमन गर्नुपर्ने देखिन्छ । सभ्य समाज निर्माण र सु–सभ्य नागरिक बनाउनको लागि राष्ट्रको ऐतिहासिक पृष्ठभूमि, मौलिकता, परम्परा र संस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्नको लागि सबै नेपाली एकजुट हुनुपर्छ । कुनै पनि पर्वलाई भडकिलो र विकृतिको रुपमा होइन परम्परा र सम्मानको रुपमा हर्षोल्लास साथ मनाउँ । सबैलाई हरितालिका तिजको हार्दिक शुभकामना । जय श्री राधे ।।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij