२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

भैरहवामा कर प्रशिक्षण कार्यक्रम सम्पन्न

शनिवार , श्रावण ९, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • भैरहवा, ९ साउन । आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले मदिरा व्यवसायीलाई करसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । मदिरा व्यवसायी संघ, भैरहवा र आन्तरिक राजस्व कार्यालय भैरहवाको संयुक्त आयोजनामा आयोजित कर प्रशिक्षण कार्यक्रममा व्यवसायीलाई प्रशिक्षण प्रदान गरिएको हो 

    कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी मदिरा विक्री गर्ने कार्य कानूनविपरीत रहेको उल्लेख गर्नुभयो । उहाँले सस्तो मूल्यको लोभमा अवैध मदिराको कारोबार नगर्न उहाँले आग्रह गर्नुभयो ।

    कर अधिकृत गौरव पाण्डेले व्यवसाय दर्ता, प्यान, कर विवरण, कर भुक्तानी तथा सरकारले ल्याएको कर छुट (स्किम) सम्बन्धी व्यवस्था स्पष्ट पारिएको जानकारी दिनुभयो । 

    मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष यादव पोख्रेलले करसम्बन्धी कानूनी व्यवस्था बुझाउन यस्ता प्रशिक्षण प्रभावकारी हुने बताउनुभयो ।

    संघका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले कर कानूनबारे जानकारी अभावका कारण हुने कमजोरी न्यूनीकरण गर्न प्रशिक्षण उपयोगी रहेको उल्लेख गर्नुभयो ।

    nnijijijijijij.JPG

    कार्यक्रम संयोजक उमानाथ पोखरेलको स्वागत तथा संघका महासचिव सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।