२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो

आइतवार , जेठ २, २०७८

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • काठमाडौं, २ जेठ । 
    नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य बढाएको छ ।  निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्य लिटरमा २ रुपैयाँका दरले बढाएको हो । 

    लिटरमा २ रुपैयाँ बढेसंगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ ।  आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।