सोमवार , श्रावण ११, २०८३
भैरहवा, ११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । गत जेठ १६ गते सम्पन्न पार्टीको प्रथम नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम भएको रास्वपा रुपन्देही जिल्ला सचिव ज्ञानेन्द्र पाण्डेले बताउनुभयो ।
नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित नरेश अधिकारीसहितको नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको निर्वाचन संयोजक डा. योगेन्द्र अधिकारीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले पार्टीलाई थप मजबुत बनाउँदै देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
रास्वपा सिद्धार्थनगरका निवर्तमान सभापति पर्शुराम पराजुलीको स्वागत तथा पूर्व जिल्ला कोषाध्यक्ष रचना क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला उपसभापति दुर्गा खनाल, सचिव ज्ञानेन्द्र पाण्डे, क्षेत्र नम्बर ३ का सभापति छविलाल शर्मा, शुद्धोधन गाउँपालिकाका सभापति बौद्धलाल शर्मा, सिद्धार्थनगर नगरपालिका–३ का सभापति ओजीर पठानलगायतले बोल्नुभएको थियो ।
दोस्रो सत्रको कार्यक्रमको सञ्चालन रास्वपा नगर सचिव उमेश अग्रहरीले सञ्चालन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij