मंगलवार , श्रावण १२, २०८३
भैरहवा, १२ साउन । अंग्रेज फौजलाई हराएको ऐेतिहासिक सम्पदास्थलको रुपमा परिचित नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मण्डलले स्थलगत भ्रमण गरेका छन् ।
पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको बुटवलस्थित मणिमुुकुुन्दसेन पार्क (फूलबारी) र जितगढीमा भारतको विभिन्न सञ्चार गृहमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको टोलीले भ्रमण गरेका हुन् ।
जी न्यूज टेलिभिजन भारतका बरिष्ठ संवाददाता समेत रहनुभएका महाराजगंज प्रेस क्लब, उत्तरप्रदेशका अध्यक्ष अमित त्रिपाठीको नेतृत्वमा रहेका २३ सदस्यीय भारतीय पत्रकारहरुको प्रतिनिधि मण्डलले नेपाल र भारतको ऐतिहासिक सम्बन्धमा महत्वपूर्ण योगदान दिएका विभिन्न स्थलहरुको भ्रमण गरेका हुन् ।
भारतीय मूलधारका मिपडया जि न्यूजका वरिष्ठ सम्वाददाता अमित त्रिपाठी, आजतक टेलिभिजनका अमितेश त्रिपाठी, हिन्दूस्तान दैनिकका आलोक जोशी, डिडि न्यूज टिभिका रोहित त्रिपाठी, दैनिक भास्कर पत्रिकाका सुदेश त्रिपाठी, इण्डिया न्यूज टिभीका अजय जैसवाल, अमर उजला दैनिकका दिनेश जयसवाल, एबीपी न्यूज टिभिका अमितेश गुुप्ता, सि न्यूज टिभीका अंगद शर्मा लगायत २३ सदस्यीय पत्रकारहरुलाई नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनी सहयोगमा ऐतिहासिक सम्पदा स्थल र हिल स्टेशनहरुको भ्रमण गराइएको लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले बताउनुभयो ।
नाट्टा लुम्बिनीले भारतीय पत्रकारहरुलाई पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र जितगढी जहाँ दशकौसम्म भारतमा शासन गरेका अंग्रेजहरु नेपालमा कसरी हार व्यहोरेका थिए भन्ने ऐतिहासिक जानकारीसहित फार्म ट्रीप गराएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापाले बताउनुभयो । भारतीय पत्रकारहरुलाई नुवाकोट गढी र मणिमुुकुुन्दसेन पार्कमा पर्यटन व्यवसायी माधब नेपालले विरगाथा बताउनुभएको थियो । पर्यटन व्यवसायी नेपालले हजारौंको संख्यामा रहेका अंग्रेज फौजलाई सीमित सेनासहित बसेका तत्कालिन कर्णेल उजिरसिंहले युद्ध कौशलता अपनाउँदै पराजित गरेको वीरकथा सुुनाउँदा भारतीय पत्रकारहरु दंग परेको हिन्दूस्तान दैनिकका वरिष्ठ सम्बाददाता आलोक जोशीले बताउनुभयो ।
सीमावर्ती शहर नौतनवा, कोल्हुुई, महाराजगंजमा तापक्रम ४० डिग्रीको हाराहारीमा हुुँदा सुनौली नाकाबाट करिब एक घण्टाको दुरीमा रहेको पाल्पाको नुुवाकोट गढीमा ३० डिग्रीको तापक्रममा प्राकृतिक मनोरम दृश्य हेर्दै हिल स्टेशनको आनन्द लिन पाउनुु उत्तरप्रदेशका सबै भारतीयहरुको लागि खुुसीको विषय भएको इण्डिया न्यूज टिभीका अजय जैसवालले बताउनुभयो ।
भारतीय पत्रकारहरुलाई बुुटवलको जितगढीमा बुुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वागत गर्दै जितगढी किल्लाको वर्णन गर्नुभएको थियो । करिब एक घण्टा जत्ति उक्त किल्लामा रहेका ऐतिहासिक सम्पदा स्थल, ग्रेटर नेपालको नक्सा, युद्ध कौशलसहितको चित्रावलि, शहीद पार्क तथा उजिरसिंहको कथा, बटौलिको पुरानो कथा समेत वर्णन गर्दा भारतीय पत्रकार समेत दंग परेको नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘भारतबाट आएका पत्रकारहरु नजिकैको ऐतिहासिक सम्पदा स्थल त्यसमा भारतमा वर्षौ शासन गरेका अंग्रेजहरुले हार व्यहोरेका किल्ला, गढीको कथा सुुन्दा दंग थिए । माधव नेपाल दाइ र बुुटवलका मेयर सापले फिल्मको कथा सुुनाए झै सरररर..... वीर गाथा सुनाउँदा उनीहरु दंग परेर सुुनिरहें । मैले नजिकबाट हेरिरहें, उनीहरुको हाउभाउ र सुनाई गज्जब हेर्न लायक थियो ।’
भारतलाई उपनिवेश बनाएका अंग्रेजहरुले नेपालमाथि हमला गर्ने गरी वि.सं. १८७२ वैशाख ७ गते बुुटवलमा आक्रमण गरेका थिए । तत्कालिन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले शक्तिशाली अंग्रेज सेनालाई पराजित गरी ऐतिहासिक विजय हासिल गरेको ठाउँको रुपमा जितगढी परिचित रहेको छ । नेपाल–अंग्रेज युद्धका बेला देशको सार्वभौमिकता जोगाउन लडेका वीर गोरखा सैनिकहरूको शौर्य र बलिदानको गाथासँग यो किल्ला जोडिएको छ ।
‘आध्यात्मिक पर्यटनको लागि नेपाल–भारतका पत्रकार र व्यवसायीहरुको एकता जरुरी’
भारतीय पर्यटकलक्षित आध्यात्मिक पर्यटनको प्याकेज बनाएर त्यसको प्रबद्धन र प्रचार गर्नुपर्नेमा नेपाल र भारतका पत्रकार तथा जनप्रतिनिधिले जोड दिएका छन् । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीको आयोजनामा बुुटवलमा सम्पन्न नेपाल भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बुुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भन्नुभयो–‘८ घण्टाको दुरीमा रहेको भारतको उत्तर प्रदेशको प्रयागराजमा करोडौं तीर्थयात्री स्नानको लागि जान सक्छन् भने बोर्डरदेखि केही घण्टाको दुरीमा रहेको कालीगण्डकी हुँदै मुुक्तिनाथ लाखौं भारतीय तीर्थयात्री जाने वातावरण बनाउनुुपर्छ ।’
पाल्पाको रानीमहल, बुुद्ध जन्मस्थल लुम्बिनी, प्युुठानको स्वर्गद्वारी, रुपन्देहीको सिद्धबाबा, शालिग्राम पाइने एकमात्र तीर्थस्थल कालीगण्डकी हुँदै मुक्तिनाथसम्म र गुुल्मीको रेसुुंगा, अर्घाखाँचीको सुुपा देउराली यी सबै ऐतिहासिक महत्व बोकेका धार्मिक क्षेत्रलाई समेटर सस्तो धार्मिक पर्यटन प्याकेज बनाउनुुपर्ने नगर प्रमुख पाण्डेले नाट्टा लुम्बिनीलाई आग्रह समेत गर्नुभयो ।
नगरप्रमुख पाण्डेले बुुटवलमा भारतीय पत्रकार, पर्यटन व्यवसायीसहित आध्यात्मिक पर्यटनको बारेमा बृहत अन्तरक्रिया गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाको सभापत्विमा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले भारतीय पर्यटकहरुलाई नेपालमा ढुुक्क भएर भ्रमण गर्न अनुरोध गर्नुभयो ।
पाँचतारे होटल हायतका सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका समाजसेवी चुुन्नुु प्रसाद पौडेलले सीमावर्ती भारतीय पर्यटकहरुलाई उच्चस्तरको सेवा दिने गरी लुम्बिनी क्षेत्रमा धेरै तारे होटलहरु सञ्चालन भइरहेको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो–‘हामी भारतीय पर्यटकहरुलाई उच्चस्तरको सेवा दिनेगरी सम्पुर्ण पूरा तयारी अवस्थामा छौँ । नेपालको आध्यामिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आउनेहरुलाई विशेष सुविधा पनि दिइरहेका छौं । ’
भारतीय पर्यटक लक्षित योजनालाई साकार पार्न भारतमा प्रचार प्रसारलाई विशेष प्राथमिकता दिएर सहयोग गर्ने सो अवसरमा महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले बताउनुभयो ।
नाट्टा लुम्बिनीको सचिव मन्जुु गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनाल, होटल व्यवसायी महासंघका महासचिव राजेश महोत्रा, केन्द्रिय सदस्य लेखनाथ भण्डारी, पर्यटन परिषद लुम्बिनीका अधिकृत जनक खनाल, नाट्टा लुम्बिनीको सल्लाहकार अनिलमान श्रेष्ठ, बुुटवल उमहानगरपालिका–४ को अध्यक्ष नरिश्वर पौडेल, नाट्टा लुम्बिनीको वरिष्ठ उपाध्यक्ष कुलचन्द्र पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सल्लाहकार कुलमणि ज्ञवाली लगायतले आध्यात्मिक पर्यटनको लागि नेपाल–भारतका पर्यटन व्यवसायी, पत्रकारहरु एकताबद्ध भइ अगाडि बढे फलदायी हुने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij