२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

कांग्रेसका पाँच मन्त्रीको राजीनामापछि लुम्बिनीमा मन्त्रालयको जिम्मेवारी हेरफेर

मंगलवार , श्रावण १२, २०८३

  • 970
    Shares
  • 970
    Shares
  • दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचजना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ ।

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार हेरफेर गरी मन्त्रिपरिषद्को कार्यविभाजन निर्धारण गर्नुभएको हो । 

    नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । 

    शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले  मंगलबार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लुम्बिनीमा अब नेकपा (एमाले) र नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठन हुनेछ ।