२०८३, श्रावण २६ गते

Aug 11 2026 | २०८३, श्रावण २६ गते

पत्रकार कल्याणकारी कोष व्यवस्थित बनाउन साधारण सदस्यको सहभागीतामा जोड

मंगलवार , श्रावण २६, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • रुपन्देही, २६ साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार कल्याणकारी कोष व्यवस्थित र बलियो बनाउन साधारण सदस्यहरुको सहभागीतालाई जोड दिएको छ । सोमबार बुुटवलमा सम्पन्न वार्षिक साधारण सभामा कल्याणकारी कोषमा मेरो पनि सहभागिता कार्यक्रम सञ्चालन गर्दै महासंघले साधारण सदस्यहरुबाट ३ वर्षसम्म कम्तिमा ३ हजार (स्वेच्छिक सहभागीता) प्रस्ताव पारित गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीमा २ सय ५५ जना सदस्यहरु छन् । ती सदस्यहरुको स्वेच्छिक सहभागीताबाट कम्तीमा १० लाख रकम उठ्ने अपेक्षा गरिएको छ ।

    हाल महासंघको कल्याणकारी कोषमा ३० लाख रकम मौज्दात रहेको छ । उक्त रकमलाई चालुु वर्षमा बढाएर ५० लाख पुर्याउने लक्ष्य राखिएको महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी.ले बताउनुभयो । कल्याणकारी कोष सञ्चालनको लागि नेपाल पत्रकार महासंघ रुपन्देही पत्रकार कल्याणकारी कोष सन्चालन कार्यविधि –२०८२ बनाई कार्यान्वयन गरिएको छ । 

    कल्याणकारी कोष पत्रकार महासंघ रुपन्देहीमा आबद्ध सदस्यहरूको पेशागत सुरक्षा, भैपरी आउने स्वास्थ्य समस्या, दुर्घटनाको लागि आवश्यक उपचार कोष र महिला पत्रकारहरूको मातृत्व संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सुुत्केरी कोष सञ्चालन गर्र्न, महासंघको सदस्यको निधन भएमा किरिया खर्च तथा दीर्घ तथा जटिल रोग लागेमा उपचारवापत सहयोग र प्राकृतिक विपत्तिमा परेका पत्रकारलाई  सहयोग गर्ने गरी स्थापना गरिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो । 
    महासंघले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा कल्याणकारी कोष व्यवस्थापन समिति गठन गरी कोष ब्यवस्थापन कार्यक्रम अगाडी बढाएको छ ।

    साधारण सभामा कोषाध्यक्ष के.सी.ले आर्थिक बर्ष २०८२।०८३ मा नेपाल पत्रकार महासंघले ५१ लाख ८९ हजार ८ सय ३ रुपैयाँको आम्दानीजन्य आर्थिक कारोबार गरेको जानकारी दिनुभयो ।  सोही अवधिमा ४३ लाख ५ हजार ३ सय ७३ रुपैयाँ खर्च भएको छ । यसरी यो अवधिमा ८ लाख ८४ हजार ४ सय ३० रुपैयाँ बचत भएको छ ।
    वर्ष ०८१।०८२ मा ४१ लाख ३१ हजार ४ सय ५६ रुपैयाँ आम्दानी भएको थियो । जसमध्ये ३५ लाख ५४ हजार ५ सय ४० रुपैयाँ ६३ खर्च भएको छ । सोहिीअवधिमा ५ लाख ७६ हजार ९ सय १५ रुपैयाँ ३८ पैसा बचत भएको छ । 

    नेपाल पत्रकार महासंघको कोष व्यवस्थापनमा कोषाध्यक्षहरु मित्रबहादुर शाक्य, सुुर्य विश्वकर्मा, दीपक ज्ञवाली, हरिश ढकाल, यमलाल भुुसाल, दीपक विश्वकर्मा, विश्वास ढकाल, स्वस्तिक श्रेष्ठ र संजय सौगातको विशेष योगदान रहदै आएको छ ।

    महासंघको साधरणसभाबाट शैक्षिक पत्रकारिता कोषको पनि शुुभारम्भ भएको छ । शैक्षिक पत्रकारिता कोषको लागि शिक्षा पत्रकार समूहका केन्द्रिय निवर्तमान अध्यक्ष कृष्ण मल्लले आफ्नो छोरी स्वर्गीय प्रकृति मल्लको स्मृतिमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेर कोषको शुुभारम्भ गर्नुभएको छ ।

    पत्रकार महासंघ रुपन्देहीका साधारण सदस्य रहनुभएका मल्ल बुुटवल टुुडे दैनिक पत्रिकाका पूर्व सम्पादक समेत हुनुहुन्छ । उक्त कोषमा दाताहरुको सहयोग जुुटाउने गरी कोषको शुुभारम्भ गरिएको कोषाध्यक्ष के.सी.ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष शिक्षा पत्रकारिता पुरस्कार बाँड्ने गरी कोषको व्यवस्थापन गर्न थालिएको हो । अहिले कृष्ण मल्लले १ लाख १ हजार १ रुपैयाँ दिएर कोषको शुुभारम्भ गर्नुुभएको छ । उक्त कोषमा शिक्षा क्षेत्रसँग सम्बन्धित जो कोहिले पनि स्वेच्छिक सहयोग गरेर कोष बढाउन मद्धत गर्ने हामीले विश्वास लिएका छौं ।’

    पत्रकार महासंघ रुपन्देहीले खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कारको लागि पनि अलगअलग ५/५ लाखको कोष बनाउने गरी साधरण सभाबाट विगतको कार्यसमिति निर्णयलाई अनुुमोदन गरेको छ ।

    पत्रकार महासंघ रुपन्देहीले अग्रजलाई सम्मान र युवालाई तालिम तथा फेलोसिप भन्ने अभियान नै चलाएको साधरणसमक्ष अध्यक्ष पाण्डेले बताउनुभयो । यो अवधिमा  ७० जना  पत्रकारले महासंघले प्रदान गरेको फेलोसिपमा समाचार लेखिरहेको महासंघका सचिव सी.पी. खनालले बताउनुभयो । सचिव खनालले भन्नुभयो, ‘हाम्रो कार्यसमितिले लेखनवृत्तिलाई सबैभन्दा बढी जोड दिएका छौं । यो अवधिमा ७० जनालाई लेखनवृत्ति दिएका छौ भने ९० जनालाई विभिन्न दक्षता वृद्धिको तालिममा सहभागि गराएका छौ।’ सचिव खनालका अनुुसार महासंघ रुपन्देहीले फुुटसल प्रतियोगिता, मिडिया मन्थन, राष्ट्रिय सञ्चार सम्मेलन, नलेज सिरिज, अन्तरशाखा अनुुभव आदनप्रदान जस्ता सृजनशील कार्य पनि महासंघ रुपन्देहीले गरिरहेको छ ।

    महासंघको बन्दसत्रले सचिव खनालको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष के.सी.को आर्थिक प्रतिवेदन पारित गरेको छ । महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बन्द सत्रमा महासंघका पूर्व अध्यक्ष शेर बहादुर के.सी, डा. बालकृष्ण चापागाई, डीआर घिमिरे, हरि लम्साल, सल्लाहकारहरु खिमानन्द भट्टराई, हरिश ढकाल, विनोद परियार, नारायण सापकोटा लगायतको आतिथ्यता थियो ।

    बन्द सत्रमा उपस्थित सदस्यहरुलाई उपाध्यक्ष अस्मिना पान्डेले धन्यवाद ज्ञापन गर्दै महासंघको पारदर्शीता र चलायमानको लागि सबै सदस्यहरुको सक्रिय सहभागीता जरुरी रहेको बताउनुभयो । बन्दसत्रको माईन्युट प्रमाणीकरण श्याम पोखरेल, मीना ढकाल र ओम पंगेनीले गर्नुभएको छ ।