२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

एनएमबी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

शनिवार , श्रावण ३०, २०८३

  • 778
    Shares
  • 778
    Shares
  • भैरहवा, ३० साउन । एनएमबी बैंक बुटवल, ट्राफिकचोक शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकिङ सेवाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बुटवलस्थित इस्माट सीटी एजुकेशनल कन्सलटेन्सीका ३० जना विद्यार्थीहरुको सहभागीता रहेको बैंकले जनाएको छ ।

    कार्यक्रममा सहभागी विद्यार्थीलाई बैंकिङ सेवा, बचतको महत्व, कर्जाको सदुपयोग, डिजिटल बैंकिङ, विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी तथा वित्तीय ठगीबाट जोगिने उपायलगायतका विषयमा जानकारी दिइएको बैंकका कर्मचारी विजयराज अर्यालले जानकारी दिनुभयो । उहाँले दिनप्रतिदिन युवाहरुमा विद्युतीय कारोबारको प्रयोग बढिरहेकोले सचेतनालाई पनि बढाउने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले हरेक समय विभिन्न समुदाय तथा लक्षित समूहमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको अर्यालले बताउनुभयो ।

    कार्यक्रममा एनएमबी बैंकका कर्मचारी मेनुका बस्यालले वित्तीय रूपमा सचेत हुन सके व्यक्तिगत तथा पारिवारिक आर्थिक व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो । उहाँले सेवाग्राहीले  डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सहभागी विद्यार्थी बिनिसा केसीले बैंकिङ पहुँच विस्तारसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको बताउनुभयो । उहाँले बचत गर्ने बानीको विकास, आम्दानीअनुसार खर्च व्यवस्थापन तथा डिजिटल प्राविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    WhatsApp Image 2026-08-15 at 8.52.13 AM (1).jpeg