बिहिवार , भाद्र ११, २०८३
भैरहवा, ११ भदौ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो दुई दिनको तलब बाढीपीडितको राहतका लागि सहयोग गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको गाउँपालिकाका कर्मचारीहरूको बैठकले विपद्मा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको हो ।
बुधबार रसुवालगायत देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो दुई दिनको तलब उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका इन्जिनियर रामदेव गुप्ताले जानकारी दिनुभयो ।
देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण नागरिकहरू प्रभावित भइरहेका बेला मानवीय सहयोगको भावना अभिवृद्धि गर्न र पीडित परिवारलाई राहत पु¥याउन कर्मचारीहरूले आफ्नो तलबबाट सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
सरकारले जारी गरेको सूचनाअनुसार राहत तथा सहयोग रकम एकद्वार प्रणालीमार्फत सम्बन्धित पीडितसम्म पुर्याइने इन्जिनियर गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारीहरूको सहयोग रकम सम्बन्धित निकायमार्फत पारदर्शी रूपमा पीडित परिवारसम्म पुर्याउने व्यवस्था गरिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij