२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

रुपन्देहीमा ट्याक्टरसहित काठ बरामद

बिहिवार , भाद्र ११, २०८३

  • 319
    Shares
  • 319
    Shares
  • भैरहवा, ११ भदौ । रुपन्देही प्रहरीले ट्याक्टरसहित काठ नियन्त्रणमा लिएको छ । बुधबार कोटहीमाई गाउँपालिका–१ सिपवा र लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ लम्कियाबाट सुर्यपुरातर्फ लु २ त ९२३५ नम्बको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको काठ प्रहरीले बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार बवुल, अमारो, सिघोर, लसुरा र इपिल इपिल जातका ३० गोलिया काठहरु बरामद गरिएको हो ।

    काठको अन्दाजी मूल्य १ लाख ५० हजार र ट्याक्टरको ५ लाख रुपैयाँ गरी ६ लाख ५० हजार बराबरको सामान आवश्यक कारवाहीका लागि गैडहवा गाउँपालिका–४ स्थित लुम्बिनी सव–डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।